Monday, August 2

जनकपुरमै पेस्तोल देखाएर एक जनाको लुटियाे पौने चार लाख

July 23, 2020 351

साउन ७, २०७७ जनकपुरधाम : पेस्तोल देखाएर एक युवकको ३ लाख ७६ हजार रुपैयाँ एक अपरिचित व्यक्तिले लुटेर फरार भएका छन्। कमला नगरपालिका २ का २० वर्षीय धीरज कुमार अधिकारी लुटिएका हुन्। जनकपुरधामबाट घर फर्किने क्रममा आज दिउँसो एक अपरिचितले उनलाई पेस्तोल देखाएर तर्साएर रकम लुटेर फरार भएका पीडित अधिकारीले बताए। जनकपुरकै जलाद पुल नजिकैबाट उनी लुटिएको जानकारी पाएपछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले बताए। उनले रकम लुट्नेको खोजी भइरहेको पनि जनाए।

प्रतिकृया दिनुहोस्