Wednesday, June 23

थेग्न सकेन सरकारले दवाव ! आन्तरिक हवाई उडान सुरु गर्ने मिति तोकियो !

September 14, 2020 522

थेग्न सकेन सरकारले दवाव ! आन्तरिक हवाई उडान सुरु गर्ने मिति तोकियो
काठमाडौं । ६ महिनादेखि बन्द रहेको नियमिततर्फको आन्तरिक उडान असोजको दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । हाल सरकारले अन्तर्राष्ट्रियतर्फको उद्धार र व्यावसायिक उडान खोले पनि आन्तरिकतर्फका व्यावसायिक उडान बन्दै छ ।सरकारले यसअघि पटक–पटक आन्तरिकतर्फको उडान खोल्ने आश्वासन दिँदै आए पनि अन्तिम सयममा आएर रोक्दै आएको छ । अब भने सरकार आन्तरिक उडान रोकेर कोरोना रोकथाम हुँदैन भन्ने निष्कर्षमा पुगिसकेको देखिन्छ ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) को बैठकले राजधानीसहित देशभर कोरोना बढ्दै गएको निष्कर्षसहित हवाई उडान खोल्ने तिथि सार्न सरकारलाई सुझाव दिँदै आएको थियो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्