Wednesday, June 23

प्रचण्डबाट धो का भयो भन्दै नेकपामा फेरि भाँ ड भै लो

September 14, 2020 387

काठमाडौं, : २९ भदौ – नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच केही गोप्य र केही खुला सहमतिपछि बसेको स्थायी कमिटि बैठकमार्फत पार्टीभित्रको वि वा द अन्त्य भएको घोषणा गरिएको २४ घण्टा नबित्दै पुनः वि वा द शुरु भएको छ ।

पार्टी बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल उपाध्यक्ष वामदेव गौतमलगायत शीर्ष नेताहरुको गुनासो सम्बोधन नभएको भन्दै नेकपामा नयाँ भाँडभैलो शुरु भएको हो । खासगरी एक व्यक्ति एक पद अनुसार अगाडी बढ्ने भनिएपनि प्रधानमन्त्री ओलीको दुवै पद (पार्टी अध्यक्ष र प्रधानमन्त्री) कायम रहेको र त्यसमा अर्का अध्यक्ष प्रचण्डले धोका दिएको नेपाल–खनालको गुनासो छ ।

प्रचण्डले पूर्वएमाले पक्षका नेताहरुलाई साथमा लिएर ओलीविरुद्ध मोर्चाबन्दी गरेपनी अन्त्यमा आफ्नो फाईदा हेरेर ओलीसँग गोप्य सम्झौता गरेको नेपाल–खनाल समूहको भनाई छ । पूर्वएमालेमा नेपाललाई ओली विरुद्ध उचालेर प्रचण्डले वि भा ज न ल्याउन खोजेको भन्दै आवश्यक परे प्रचण्डलाई छाडेर ओली, नेपाल र खनाल समूह एक हुनुपर्नेमा केही पूर्वएमाले कार्यकर्ताले द बा ब दिन थालेका छन् ।

प्रचण्डले खुरापाती दिमाग लगाएर आफु मात्रै शक्तिशाली बन्‍न खोजेको भन्दै कहिले प्रधानमन्त्री ओलीसँग कानेखुशी गर्ने, कहिले नेपालसँग कुम जोडेर ओलीलाई कमजोर बनाउने प्रचण्ड रणनीति रहेको एक नेताले बताए । प्रचण्डले ओलीसँग अन्य विषयमा पनि केही गोप्य सम्झौता गरेको हुनसक्ने नेपाल समूहको आ शंका छ । तर, प्रचण्डले भने पूर्वएमाले भित्रका नेताहरु नेपाल, खनाल र गौतमलाई साथमै लिएर अगाडि बढ्ने बताउँदै आएका छन् ।

नेकपामा आजको दिनमा तीन समूह अस्तित्वमा रहेको छ । पूर्व एमालेभित्रको ओली र नेपाल समूह अनि पूर्व माओवादी समूह । तीमध्ये कुनैपनि दुई समूह मिलेमा तेस्रो समूह कमजोर हुने र यसले पार्टीमा सधैं अस्थिरता रहिरहने भन्दै केही नेताहरुले पूर्वएमाले भित्रको दुई समूह चाहिँ एक ठाउँमा हुनैपर्नेमा जोड दिन थालेका छन् ।

यता प्रचण्डनिकट नेताहरुले नेपाल र खनाललाई भेट गरी प्रचण्डलाई शंका नगर्न भनेका छन् । तिनले ओलीसँग प्रचण्डको कुनै गोप्य संझौता नभएको भन्दै ओली विरुद्ध मिलेरै अगाडी बढ्न जोड दिएको एक नेताले बताए ।

तर, पूर्वएमालेमा ओली विरुद्ध लड्दै आएका नेपाल–खनाल समूहले भने अब प्रचण्डलाई पनि शतप्रतिशत विश्वास गर्न नसकिने भन्दै पूर्वएमाले फुटाउने प्रचण्ड रणनीतिविरुद्ध एक हुने तयारी थालेको छ । नेपाल–खनाल समूहका नेताहरुले प्रचण्डले ओलीसँग सत्ता र पद बाँडफाडमा आफुहरुलाई प्रयोग गरेको आरोप समेत लगाएका छन् ।

प्रचण्डले कार्यकारी भूमिकासहितको अध्यक्षको कुर्सी अनी पुर्व माओवादीलाई केही नियुक्ति र मन्त्री ग्यारेण्टी गरेपछि आफुहरुलाई धोका दिएको नेपाल–खनाल समूहको आरोप छ । खासगरी उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने, प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्री परिवर्तन गरी नेपाल–खनाल समूहका नेता भिम आचार्य र अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने भनेपनि स्थायी कमिटि बैठकमा यी कुनैपनि विषय प्रचण्डले नउठाएको उनीहरुको भनाई छ ।

नेकपाले आगामी चैतमा एकताको महाधिवेशन गर्ने भन्दै स्थायी कमीटी बैठक टुङ्गाएको छ । तर, महाधिवेशनमा ओली समूहले प्रचण्डलाई अध्यक्षमा सघाउने गोप्य संझौता भएको भन्‍ने कुराले नेपाल–खनाल समूह झस्केको छ । यदि त्यसो भएमा पनि आफुले महाधिवेशनमा अध्यक्षमा प्रतिष्पर्धा गर्ने नेपालले आफ्ना निकटहरुसँग बताउन थालेका छन् ।

पूर्वएमाले एक ठाउँमा हुने हो भने प्रचण्डलाई पाखा लगाउन सकिने निष्कर्ष सहित महाधिवेशनको जोड घटाउमा नेपाल–खनाल समूह लागेका छन् । तर, यही अवस्थामा चैतमा महाधिवेशन हुनेमा भने नेकपा भित्रका कुनैपनि नेता कार्यकर्ता ढुक्क छैनन् ।

प्रतिकृया दिनुहोस्