काठमाडौं । आफ्नै स्वामित्वको एउटा चिटिक्कको घर होस् । र, त्यो घरमा पार्किङ गर्ने गाडी । अनि सानो र सुखी परिवार । साथै, नियमितरुपमा निश्चित आम्दानी होस् । यो अधिकांश नेपालीको सपना हो । किनभने हामी नेपालीहरु फ्ल्याट सेयरिङमा भन्दा आफ्नै स्वामित्वको अलग्गै घर होस् भन्ने चाहना राख्छौं ।
हामीहरु रोजगारी खोज्न, अध्ययन गर्न, व्यापार व्यवसाय गर्न दिनानुदिन शहर बजार प्रवेश गरिरहेका हुन्छौं । बढ्दो शहरीकरणसँगै जग्गाको भाउ आकासिँदै गएको छ । तपाईंहामीमध्ये अधिकांशले दशौं वर्ष मिहेनत गरेर एउटा टुक्रा जग्गा जोड्छौं । र, घर बनाउनका लागि फेरि वर्षौं संघर्ष गरिरहेका छौं ।
त्यसैका लागि हामी स्वदेशमा होस् वा विदेशमा दिनरात घोटिएर काम खाइरहेका छौं । आरसीसी ढलान गरेको सामान्य डिजाइनको एकतले घर बनाउनुपर्यो भने पनि ३०/३५ लाख रुपैयाँ खर्च हुन्छ । सामान्य वर्गका मान्छेलाई त्यतिका पैसा जम्मा गर्न निकै कठिन हुन्छ ।
सायद आजका दिनमा तपाईंले पनि यो समस्या भोगिरहनु भएको हुनसक्छ । तपाईंसँग जग्गा छ तर पुँजीको अभावमा घर बनाउन सकिरहनु भएको छैन भने तपाईंका लागि यो समाचार निश्चय पनि उपयोगी बन्नेछ ।
तपाईंले सस्तो मूल्यमै आकर्षक, अत्याधुनिक र वर्षौं टिकाउ हुने कोरियन प्रविधिको घर बनाउन सक्नुहुनेछ । एसवाई प्यानल नेपालले तपाईंको रोजाइ अनुसारको डिजाइनमा सस्तो मूल्यमै चिटिक्कको घर बनाइदिन्छ ।
एसवाई प्यानल अन्तर्गतका ५३ वटा हाउजिङ तथा कन्स्ट्रक्सनले न्यूनतम १४ लाख रुपैयाँदेखि अघिकमत ३० लाख रुपैयाँसम्मका भुकम्प प्रतिरोधी, अत्याधुनिक सुविधा सम्पन्न अकर्षण घर बनाइरहेका छन् ।
कसरी पठाईन्छ बिजुली ?
एन्टिना र रेक्टिनाको प्रयोगले यो सम्भव भएको बताईएको छ ।कम्पनीका अनुसार सुरुमा एन्टिनाले बिजुलीलाई ‘माइक्रोवेभ इनर्जी’ मा परिणत गर्छ, जुन रेडियो तरङ्ग जस्तै हुन्छ । त्यस पछि ति तरङ्गहरुलाई तार रहित तर निश्चित बाटो हुँदै बिजुली पुर्याउनु पर्ने रेक्टिनासम्म पुर्याईन्छ । त्यसपछि ति तरङ्गहरुलाई रिक्टिनाले पुन: बिजुलीमा परिणत गर्छ । हावाको माध्यम प्रयोग गरि बिजुली पठाईने र बिजुलीको बाटोमा हावा बाहेक (जस्तै व्यक्ति , चरा अथवा केहि) आएको खण्डमा बिजुली ट्रान्सफर त्यहि रोकिने र हातेपछि पुन: सुचारु हुने बताईएको छ । यसरी ७० प्रतिशतसम्म बिजुली गन्तब्य स्थानमा पुर्याउन सकिने कम्पनीले जनाएको छ ।
तारको माध्यमबाट हुने प्रसारणभन्दा यो कम गुणस्तर देखिएपनि ठुला टावर बनाउन नसकिनेस्थानमा भने यो प्रविधि लाभदायक हुने कम्पनीले जनाएको छ। कम्पनीले हाल ‘पावरको’ कम्पनीको लागि मोडल बनाईरहेको जनाएको छ । अक्टोबरसम्म सो कार्य सकिने र केहि महिना त्यसको परिक्षण गर्ने र त्यसपछि लामो दुरीमा परिक्षण गर्ने तयारी छ ।
प्रतिकृया दिनुहोस्