Wednesday, June 23

एकाबिहानै डरलाग्ने गरी काठमाडौँका घर हल्लायो भूकम्पले, सर्वसाधारण सडकमा

September 16, 2020 255

काठमाडौँ – कोरोना कहरकाबिच काठमाडौँमा बुधबार शक्तिशाली भूकम्पको धक्का गएको छ । बिहान ५ बजेर १९ मिनेटमा गएको भूकम्पपछि सर्वसाधारण सडकमा आएका छन् ।

सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का ठूलो गएका कारण काठमाडौँका घरहरु डरलाग्नेगरी हल्लिएका छन् । भूकम्पले काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लाहरु राम्रोसँग हल्लाएको छ भने थप जानकारी आउन बाँकी छ ।

यसअघि, भदौ २६ गते बिहान साढे ९ बजे झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस गरिएको थियो ।

प्रतिकृया दिनुहोस्