Tuesday, June 22

रहेनन् पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंह

September 16, 2020 226

काठमाडौं । पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन भएको छ । उनको काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा मंगलबार बेलुकी ७ः३० बजे एक सय वर्षको उमेरमा निधन भएको हो । त्यसपछि २०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भई सर्वोच्च अदालत गठन भएपछि प्रधान न्यायाधीशका रुपमा अनिरुद्र प्रसाद सिंहले तीन वर्षसम्म न्यायालयमा काम गरेका थिए ।

वि.सं. २००३ सालमा झापा गोश्वाराको हाकिम भइ सरकारी सेवामा प्रवेश गरेका उनले वि।सं। २००४ सालदेखि २०११ सालसम्म झापा, दाङ, तौलिहवा र पाल्पाको बडाहाकिम भई काम गरेका थिए ।

त्यस्तै उनी २०१६ सालमा उनी लोकसेवा आयोगको अध्यक्ष पनि भएका थिए । अख्तियारमा २०३४ साल पुस १३ गतेदेखि २०४२ साल बैशाख ३० गतेसम्म कार्यरत उनी त्यसलगत्तै राजसभा स्थायी समितिको सभापतिसमेत बनेका थिए । उनमा केही समय देखी निमोनिया देखिएको थियो ।

प्रतिकृया दिनुहोस्