Saturday, March 6

मुख्यमन्त्री शेरधन राईविरुद्ध अंश मुद्दा हाल्ने महिलाले मुद्दा फिर्ता लिदै भनिन्,’अरुको उक्साहटमा परे’

September 17, 2020 224

काठमान्डाैं / प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नो श्रीमान भएको र आफूले अंश पाउनु पर्ने भन्दै हालिएको मुद्दा फिर्ता भएको छ । अंश मागका लागि अरुको दुरुत्साहनमा परेर आफूले मुद्दा हालेको भन्दै बालिका खड्काले यसअघि दिएको फिरादपत्र फिर्ता लिएकी हुन् ।खड्काले फिरादपत्रमा आफू राईकी पत्नी दाबी गरेकी मात्र थिइनन्, नाता कायम गरेर अंश पाउनु पर्ने मागसमेत गरेकी थिइन् । खड्काले अब निवेदन दिँदै राईसँग आफ्नो त्यस्तो सम्बन्ध नभएको दाबी गरेकी छिन् । खड्काले आफूले अरुको उक्साहटमा मुद्दा हालेको निवेदनमा उल्लेखसमेत गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्