Wednesday, June 23

कुलमान फेरि नियुक्त हुने समाचारले खुशी थिएँ,‘ बिदाइको समाचारले खिन्न भएँ,’ : अमृत गुरुङ

September 17, 2020 223

काठमाण्डौं / नेपाली विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफ्नो ४ वर्षे कार्यकाल सकेर मंगलवार बिदा भए । गायक अमृत गुरुङले कुलमानलाई पुनःनियुक्ति नदिएको समाचारले आफू दुःखी भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसूबकमार्फत आफ्नो विचार व्यक्त गर्दै कुलमानको बिदाइको समाचारले खिन्न भएको बताएका हुन् ।‘अस्ति कुलमान फेरि नियुक्त हुने समाचारले खुशी भएको थिएँ,

अहिले कुलमानको बिदाइको समाचारले खिन्न भएँ,’ अमृत गुरुङ भन्छन्, ‘म उनलाई चिन्दिनँ, मैले उनको काम चिनेको हुँ, राम्रो गर्नेलाई राम्रो भन्दा इ’र्ष्या’को शि’कार हुने परिपाटी शुरु भएको हो भने अब त्यो पनि भन्न भएन, यो स्वतन्त्रता छिनेकोमा धन्यवाद सरकार ।’

त्यस्तै,प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा एमसीसीबारे उठेका प्रश्नको उत्तर दिने क्रममा ‘ट्रक, पानीजहाज वा रेलमा बिजुली पठाउन नसकिने’ बताएका थिए। उनको तात्पर्य थियो ‘बिजुली एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन प्रसा रण नै चाहिन्छ, अर्को कुनै बिकल्प छैन’ । हालसम्म विश्वभर ट्रान्समिसन लाइनबाट नै बिजुली एक ठाउँबाट अर्को ठाउँमा पठाइने गरिएको छ ।

तर न्युजिल्यान्डको एउटा स्टार्टअप कम्पनीले भने प्रसारण लाइन बिनानै बिजुलीलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने प्रविधिको विकासमा सफलता प्राप्त गरेको जनाएको छ। ‘इमरोड’ नामको स्टार्टअप कम्पनीले विश्व कै पहिलो तार बिनाको प्रसारण लाइन प्रविधि विकास गरेको हो । यो प्रविधिबाट तार बिना नै लामो दुरीसम्म बिजुली पठाउन सकिने कम्पनीले जनाएको हो ।

न्युजील्याण्डको बिजुली वितरण गर्ने दोस्रो ठुलो कम्पनी ‘पावरको’ ले यो प्रविधिको परिक्षण गर्ने भएको हो । ‘इमरोड’ले हाल ‘पावरको’को लागि परिक्षणको लागि तयार पारिरहेको सिस्टमले केहि किलोवाट बिजुलीमात्र ट्रान्सफर गर्न सक्ने जनाएको छ। तर यहि प्रविधिबाट बिना तार जति पनि बिजुली , जति पनि दुरीमा पठाउन सकिने कम्पनीको दाबी छ ।

प्रतिकृया दिनुहोस्