Friday, March 5

लामो दूरीको यात्रामा लगाइएका नयाँ नियम, सबैले जानि राखाैँ

September 18, 2020 448

कोरोनाभाइरस सङ्क्रमणका माझ सार्वजनिक यात्राका बारेमा थुप्रै नयाँ नियम ल्याइएका छन्। कुनै नियम यातायात व्यवसायीको जिम्मामा राखिएका छन् भने कुनै नियम यात्रुहरू स्वयंले पालना गर्नुपर्नेछ।

सरकारले असोज १ गतेदेखि लामो दूरीको यातायात खोल्ने निर्णय गरेपछि यातायात व्यवस्था विभागले तयार पारेको कोभिड-१९ प्रकोपभर लागु हुने सार्वजनिक यातायात सञ्चालन निर्देशिका सार्वजनिक गरेको छ, जसमा गर्न हुने तथा नहुने विषयहरू उल्लेखित छन्।

यात्रुले के गर्न हुने, के नहुने: सकेसम्म सार्वजनिक यातायात प्रयोग नगर्ने। अशक्त कमजोरले झनै नगर्ने, अनिवार्यरूपमा मास्क वा कपडाले नाक र मुख छोप्ने, र अरूले नाक र मुख नछोपेको पाएमा निजहरूलाई सतर्क गराउने अन्यथा उक्त सवारी वा स्थानमा नजाने, सवारी साधनभित्र वा सार्वजनिक स्थलमा (बस टर्मिनल वा बस बिसौनी) रहँदा कुनै पनि किसिमको खानेकुरा नखाने,

चालक/सहचालकको जिम्मा के: निश्चित स्थानमा मात्र यात्रुलाई चढाउने वा ओराल्ने, मास्क, पञ्जा र भाइजर लगाउने, काम सकिनासाथ लगाएका कपडा साबुन पानीले राम्ररी धुने र घाममा सुकाउने,भाडा सङ्कलन गर्दा यात्रुसँग भौतिक दूरी कायम गरि भाडा रकम फिर्ता दिन नपर्ने गरी गर्ने र बाकसमा राख्न यात्रुलाई अनुरोध गर्ने, ग्यारेजमा लगेपछि गाडीलाई निर्मलीकरण (डिसइन्फेक्सन) गर्ने, गाडीमा एसी नचलाउने।

 

प्रतिकृया दिनुहोस्