Thursday, March 4

साइप्रसमा ज्यान गुमाएका विबेक र रेनुकाको शव आज ल्याइदै

September 18, 2020 353

काठमाडौं । चितवनका विवेक अमगाइ र धादिङकी रेनुका कोइरालाले परिवारलाई मिठो खुवाउने र प्रशस्त पैसा कमाएर यूरोपमा सेटल हुने उदेश्य बोकेर साइप्रस हानिएका थिए । तर अल्पायुमा नै यि दुवै जनाले दुखद मृत्युको बाटो रोज्नु परेको छ ।

गत ५ मेमा साइप्रसको राजधानी निकोसिया नजिक इभिचिउ भन्ने गाउँमा एउटै फ्ल्याटमा बस्दै आएका नेपाली विद्यार्थीबीच घरको विषयलाई लिएर विवाद भएपछि चितवन रत्ननगर नगरपालिका वडा नं १२ जमुनापुर गाउँका २१ वर्षीय विवेक अमगाइको विभत्स हत्या भएसँगै उनको परिवार अहिले ठूलो शोकमा रहेको छ ।

यता धादिङकी रेनुका कोइरालाको काम सकेर कोठामा फर्किने क्रममा मोटर साइकल दुर्घटनमा परेर ज्यान गयो ।अध्ययनको लागि साइप्रस गएकी रेनुका र विवेकको शव आज स्थानीय समयअनुसार दिउँसो १.२० बजे कतार एयरलाइन्सको जहाजमार्फत नेपाल पठाइएको छ

काठमाडौँ – आजदेखि सरकारले ६ महिनाअघि विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस को रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन खुल्ने भएका छन् ।

मन्त्रिपरिषद् बैठकले लामो दुरी तथा अन्तरजिल्ला यातायात सञ्चालन गर्न अनुमति दिएसँगै बुधबार नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर टेड युनियनले संयुक्त रुपमा छलफल गरेर लामो, छोटो दुरीका सबै गाडी सञ्चालन गर्ने जानकारी दिएका हुन् ।

सरकारले कोरोना भाइरसको महामारीको समयमा ५० प्रतिशतसम्म भाडा बढाउन अनुमति दिइसकेको छ ।

गाडीको सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने र चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गनुपर्ने मापदण्ड बनाइएको छ । यात्रुले पनि यात्रा अवधिभर मास्क लगाएर यात्रा गर्नु पर्ने छ । गाडी चढ्नुअघि यात्रुलाई सेनिटाइजर व्यवस्था गर्नुपर्ने छ ।
यो भिडिओ पनि हेर्नुहोस :

 

प्रतिकृया दिनुहोस्