Thursday, March 4

असोज १० गतेदेखि विद्यालय संचालन हुने, भर्खरै आयो यस्तो नि´र्णय !

September 20, 2020 4875

काठमाडौं । अन्तत: असोज १० गतेदेखि विद्यालय संचालन हुने भएको छ ।

डडेल्धुराको अजयमेरु गाउँपालिकाले असोज १० गतेबाट विद्यालय सञ्चाल गर्ने नि´र्णय गरेको छ । को´रोना सं´क्रमण दर शू´न्य रहेको गाउँपालिकामा अहिले विद्यालय सञ्चालनका लागि अभिभावकको रा´य सु´झाव संक´लन भइरहेको छ ।

गाउँपालिकामा रहेका बालबालिकालाई पढाइतिर उन्मुख गर्नका लागि अभिभावकको राय लिन असोज ७ भित्र भेला बोलाई छालफल गर्न पत्राचार गरेको जनाएको छ । अभिभावकसँगको छलफलपश्चात बालबालिकाको पढाइलाई नियमितता दिने गाउँपालिको सामाजिक विकास समिति सं´योजक तथा प्र´वक्ता शिवराज भट्टले जानकारी दिए। शिक्षा तथा प्र´विधि मन्त्रालयको भदौ १९ मा मन्त्रिस्तरीय बैठकबाट पारित नि´र्णयअनुसार विद्यार्थी सिकाई स´हजीकरण निर्देशिकामा विभिन्न वि´कल्प प्र´स्तुत गरेको थियो। निर्देशिकाको द´फा ३३ को उपद´फा २ मा कुनै क्षेत्र विशेष को´रोनाको सं´क्रमण दर हेरी नियमित रुपमा विद्यालय संचालन हुन सक्ने अवस्था भएमा प्रत्यक्ष सिकाइ क्रियाकलापगर्न बा´धा हुने छैन भन्ने नि´र्णयअनुसार अ´जयमेरु गाउँपालिकाले पनि स्थानीय तहमा अवस्था सामान्य रहेको कुरा उल्लेख गर्दै केही दिन अगाडि विद्यालय खोल्ने पालिकास्तरीय नि´र्णय पारित गरेको छ ।

को´भिड–१९ को अवस्था अजयमेरु गाउँपालिकामा समान्य रहेको भन्दै अभिभावकसँगको सल्लाहपछि विद्यालय खोल्ने जनाएको छ । भदौ ७ गतेसम्म गाउँपालिकाभित्र रहेका विद्यालयले अभिभावकसँग छलफल गरी सुझाव पेस गर्ने परिपत्रअनुसार भेला बोलाउन लागेको विद्यालयहरूले जनाएको छ ।

प्रतिकृया दिनुहोस्