Wednesday, June 23

कोरोनाका कारण एकजना सैनिकको मृत्यु, २०५६ जना संक्रमित

September 20, 2020 356

काठमाडौं : कोरोना भाइरस ( कोभिड १९) बाट पहिलो पटक नेपाली सेनाको मृत्यु भएको छ। रामेछाप घर भइ त्यहाँ नै सिपाही दर्जामा कार्यरत एक सैनिकको मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले बताए। उनको राष्ट्रिय गाइडलाईनबाट अन्त्येष्टि गरिएको प्रवक्ता पौडेलले बताए। लामो समय देखि रक्त क्यान्सरका विरामी रहेका उनमा उपचारकै क्रममा कोभिड पुष्टि भएको बताइएको छ। यस्तै नेपाली सेनामा हालसम्म २ हजार ५६ जनामा कोरोना पुष्टि भएकाे र हाल १६ सय ५४ सक्रिय संक्रमित रहेको पौडेलले बताए। ती मध्ये चार सय २ जना निको भइसकेका छन्।

प्रतिकृया दिनुहोस्