Tuesday, May 11

नेपालकै जेष्ठ नागरिकको १ सय १४ वर्षको उमेरमा निधन

July 23, 2020 522

पोखरा, ७ साउन । माछापुच्छे« गाउँपालिका–५, रिभान निवासी आनन्दकुमारी गुरुङ(पवि)को एक सय १४ वर्षको उमेरमा निधन भएको छ ।उनी सम्भवतः नेपालमै बढी बाच्ने मध्येकी एक हुन् ।

साविक रिभान गाविस ४ माटेखोर निवासी गुरुङलाई सेतीमर्दी संगमस्थल दोविल्लाघाटमा अन्तेष्ठी गरिएको छ।उनलाई नाति सोमबहादुर गुरुङ(चिजा)ले दागबत्ती दिएका थिए।

गुरुङ पछिल्लो समय रुघाखोकी तथा ज्वोरोबाट पीडित भएपनि उनमा दीर्घरोग भने थिएन ।उनले युवा अवस्थामा गाउँमा चौतारो तथा बाटो निर्माण गर्न पनि भूमिका खेलेकी थिइन्।

स्वः गुरुङका छोरी २, बुहारी २, नाति ५, नातिनी ७, पनाति ६ जना लगायत रहेको पारिवारिक श्रोतले जनाएको छ । यसैबीच रिभान चौर नाथु प्रल्हाद ङेह्रो पैंगीलामा परिवार समितिले आफ्ना सदस्य बयोबृद्घा गुरुङको निधनले अपुरणीय क्षती पु¥याएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्