Tuesday, June 22

नेपालमै घट्यो यस्तो घटना: बाबुले बिरामी छोरालाई जिउँदै बोरामा हालेर पुरेपछि

September 21, 2020 1480

एक बुवाले आफ्नो बिरामी छोरालाई जिउँदै बोरामा हालेर पुरेको घ ट ना सार्वजनिक भएको छ। शुक्रबार रुपन्देहीको तिलोत्तमा नगरपालिका –४ प्रगतिनगरका ३६ वर्षीय राजु परियारलाई जिउँदै छोरालाई गाडेको आ रो प लागेपछि प्रहरीले प क्रा उ गरेको छ।

स्थानीयका अनुसार परियारले ६ वर्षीय बिरामी छोरा राजेश परियारलाई जिउँदै बोरामा हालेर माटोमा गाडेका थिए। स्थानीयले खबर गरेपछि प्रहरीले गाडेको ठाउँबाट बालकलाई निकालेपनि बालकको मृ त्यु भइसकेको बताइएको छ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रतितसिंह राठौरका अनुसार राजुलाई नियन्त्रणमा लिएर सोधपुछ र अनुसन्धानको काम भइरहेको छ। सोधपुछका क्रममा राजुले छोराको मृ त्यु भएपछि आफूले गाडेको बयान दिएको डिएसपी राठौरले जानकारी दिए।

प्रतिकृया दिनुहोस्