Wednesday, June 23

खुल्यो आन्तरिक उडान : चाँहिदैन पिसिआर, ज्वरो नाप्दै उडाउँदै

September 21, 2020 305

काठमाडौं : करिब ६ महिनापछि आन्तरिक हवाई उडान सुरु भएको छ। कोरोना भाइरसको त्रासले रोकिएको उडान सोमबार बिहानैबाट सञ्चालनमा आएको हो।निजी वायुसेवा सञ्चालकले ५० प्रतिशत यात्रु राखेर उडान भर्न नसक्ने भन्दै उडान स्थगित गरेका थिए। सरकारले पुरै सिटमा यात्रु राखी स्वास्थ्य मापदण्ड अपनाएर पुनः उडानको लागि अनुमति दिएको थियो।नियमित उडान सुरु भएपछि पौने ८ बजे भोजपुरको लागि नेपाल वायुसेवा निगमको जहाजले १६ जना यात्रु लिएर गएको छ। निजीतर्फको उडानमा बुद्ध एयरले ५६ जना यात्रु लिएर पोखरा गएको हो। दिनभर को विभिन्न निजी कम्पनीसहित ५३ वटा जहाजले अनुमति पाएका छन्।यात्रु डेढ घण्टा अगाडि विमानस्थल पुगि सक्नुपर्छ। यात्रुले माक्स प्रयोग गर्नुपर्ने, बोर्डिङ पास लिएपछि सामाजिक दूरी कायम गर्नुपर्नेछ। स्वस्थ्य रहेको फर्म भर्नुपर्ने छ। विमानस्थल भित्र रहेको स्यानिटाइजर प्रयोग गर्नु भएको छ। ज्वरो,खोकी र कोरोनाका लक्षण देखिएमा विमानस्थल प्रवेश रोक लगाउने भएको छ।*****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

प्रतिकृया दिनुहोस्