Thursday, March 4

किसानहरुले काम गरिरहेको खेतमा विमान ख’स्यो..

September 21, 2020 443

काठमाडौं । एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा एक जनाको ज्यान गएको छ । भारत, उत्तर प्रदेशको आजमगढ जिल्लामा सोमबार स्थानीय समयानुसार बिहान ११ः०० बजे खराब मौसमको बीचमा एउटा सानो विमान खेतमा दुर्घटनाग्रस्त भएको थियो । खेतमा किसानहरु काम गरिरहेका थिए ।

यसमा प्रशिक्षार्थी पाइलट सवार थिए । पाइलट दुर्घटना पछि प्यारासुटबाट हाम फाल्न खोजेका थिए तर उनको मृत्यु भयो । अहिले प्रहरी घटनास्थल पुगेको छ । पाइलटको मृत शरीर ४०० मिटर टाढा मैदानमा फेला परेको जनाइएको छ । यो दुर्घटना सराइमर प्रहरी चौकी क्षेत्रको मञ्जित पट्टी कुशनमा भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार बिहान ११ः२० बजे एक विमान आकाशबाट छरिएर मैदानमा खसेको थियो । खसेपछि विमानमा आगलागी भएर धुवाँ बाहिर आउँदै थियो । त्यसपछि एक धमाका संग विमान तल आयो र मैदानमा खस्यो । पाइलट दुर्घटना पछि प्यारासुटबाट हाम फालेका थिए तर उनी बाँच्न सफल भएनन् । यसमा, पाइलटको लाश दुर्घटनास्थलबाट ४०० मिटर टाढा मैदानमा भेटियो । दुर्घटना पछि गाउँलेहरूको भीड घटनास्थलमा जम्मा भयो । सूचना पाएपछि प्रहरी पनि घटनास्थल पुगेको छ ।

जानकारीका अनुसार टीबी–२० विमान मउबाट इमेरा गान्धी राष्ट्रिय उडान एकेडेमी, अमेठीको फुरसटगञ्जको लागि उडान गरेको थियो । माउमा चक्कर लगाए पछि यो फर्कने तयारीमा थियो ।

यो विमान एक ४ सीटर थियो । जसमा सिकारु पाइलट एक्लै थिए । यो दुर्घटना खराब मौसमको कारण भएको बताइएको छ । बिहान ११स्११ मा, विमानको एटीसीसँगको सम्पर्क टुट्यो । मृतक पाइलटको नाम कोणार्क सारणका रूपमा पहिचान गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्