Wednesday, June 23

कञ्चनपुरः दुई जना भारतीयहरु नेपालमा घुसेर लुकिलुकि यस्ताे हर्कत गरिरहेकाे अवस्थामा प्रहरीले भेटाएपछि..

September 22, 2020 718

असोज ६, कञ्चनपुर – लुकिछिपि भारतबाट नेपाल छिर्न खोज्ने दुई जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीले गएराति कञ्चनपुरको पुर्नवास नगरपालिका–११ डोकेबजारबाट नेपाल प्रवेश गर्न खोज्ने वर्ष २९ का मोहम्मद साहिदलाई नियन्त्रणमा लिएको छ।

भारतको लखनउ बस्ने साहिदलाई नेपाल प्रवेश गर्दै गरेको अबस्थमा नियन्त्रणमा लिई प्रहरी चौकी पचकडीयामा राखिएको छ। साहिदलाई लिन सीमा क्षेत्रमा ग १ च ९१६१ नम्बरको कारसहित लिन गएका कैलाली उप महानगरपालिका ३ बोराडाँडी बस्ने नेपाल अटो मोबाइलका सञ्चालक वर्ष ३२ का मुनु अन्सारीलाई समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नं ३५ हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरिक्षक वीरेन्द्र ऐरले बताए।

उनका अनुसार साहिदलाई भारतीय एसएसवीको चेकपोष्ट गौरीफण्टामा बुझाउने प्रक्रिया भैरहेको र नेपाल तर्फ बाट लिन गएका व्यक्तिलाई आवश्यक कारवाहीका लागि प्रहरी चौकी पचकडीमा राखिएको छ। सशस्त्र प्रहरीको टाउके बजारमा रहेको बिओपीमा कार्यरत सशस्त्र प्रहरी र प्रहरी चौकी पचकडीयाको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्