Friday, April 23

निर्मला पन्त घटना अब टुंगोमै पुर्याउने भन्दै प्रहरी प्रमुख आफैले देखाए सकृयता

July 23, 2020 471

काठमाडौं । नेपाल प्रहरीमा भर्खरै प्रमुख बनेका शैलेश थापा क्षेत्री कञ्चनपुरको चर्चित घटना निर्मला का ण्डको अनुसन्धानलाई फेरी नयाँ तरिकावाट अनुसन्धान गर्न जुटेका छन् । उनी सो घटनालाई निष्कर्ष सम्म जाने गरी अनुसन्धान गर्ने भन्दै सकृयता देखाएका छन् । उनको सकृयताले निर्मला घटनालाई नजिकवाट हेर्दै निर्मलाको परिवारलाई न्याय दिलाउने अभियानमा लागेकाहरु पनि खुसी भएका छन् । उनले अहिले सम्म घटनाका सम्बन्धमा तीन डीआईजीसँग छलफल गरिसकेको सुरक्षा स्रोतले बताएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख डीआईजी सहकुल थापा र सीआईबीकै पूर्व प्रमुख समेत रहेका डीआईजी निरज शाहीसँग घटना अनुसन्धानबारे उनले जानकारी लिएको समाचार नेपाल खबरले प्रकाशन गरेको छ ।

महानिरीक्षक थापाले यो घटना प्रहरीको छविसँग जोडिएकाले सुझबुझका साथ जतिसक्दो चाँडो टुंगोमा पुर्‍याउन सुदूरपश्चिम पैहरी प्रमुख सुवेदी र सीआईबी प्रमुख थालाई निर्देशन समेत दिएका छन्। प्रदेश प्रहरीको नेतृत्वमा हुने अनुसन्धानमा सीआईबीले विशेष सहयोग गर्नेछ।

यसअघि सीआईबी र प्रहरी महानिरीक्षकको सचिवालयबाट समेत विशेष टोली खटाएको भनिएपनि घटना अनुसन्धान टुंगिएको थिएन। घटनास्थलको प्रमाण संकलनमा लापरबाही गरेको, अनुसन्धानमा तदारुकता नदेखाएको भन्दै प्रहरीको आलोचना हुँदै आएको छ।

हरेक आईजीपीका लागि यो घटनाको अनुसन्धान मुख्य चुनौती बन्ने गरेको छ। यो प्रकरणमा अनुसन्धान गर्ने प्रहरीविरुद्ध समेत मु द्दा चलाइएको छ। प्रहरीमाथि जथाभावी कारबाहीका कारण पनि नेतृत्वमाथि प्रश्न उठ्दै आएको छ।

दुई वर्ष पहिले साउन १० गते ह त्या गरिएकी निर्मलाको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो। प्रहरीले गठन गरेको छानबिन समिति र मानवअधिकार आयोगको छानबिन समितिले फरक फरक प्रतिवेदन बुझाएका छन्। प्रहरीले समेत पटकपटक अनुसन्धान टोली फेर्दै आएको छ।

 

प्रतिकृया दिनुहोस्