Wednesday, June 23

‘मलाई क्या’न्स’र भयो’ भनेर श्रीमतीलाई ढाँटेर विदेशमा ४ वर्ष देखि अर्कै महिलासंग मस्ती (भिडियो हेर्नुस्)

September 22, 2020 478

काठमाडौ । श्रीमान परिवारकै खुसीका लागि भन्दै ४ वर्ष अघि विदेश गएका थिए । उनी साउदी गएका थिए । तीन वर्ष सम्म विदेशमा हुँदा उनले श्रीमतीलाई कुनै सहयोग गरेनन् । सानो छोरा सहित श्रीमतीलाई नेपालमा छोडेर गएका गीता विकका श्रीमान छोरा छोडेर विदेश गएका थिए ।

अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका १ मा श्रीमती र छोरालाई अलपत्र पारेर गएका गीताका श्रीमान अहिले सम्म फर्केर आएका छैनन् । घरमा सासु ससुरावाट छुट्याएर अलग्गै राखेर उनी विदेश गएका थिए । चार वर्ष अघि विदेश गएका उनी वर्षमा एक पटक नेपाल आउँथे । तर उनी घर फर्केर आउँदा पनि कहिल्यै पैसा लिएर आउँथेनन् । म विरामी भएँ पैसा कमाउन सकिन भन्दै श्रीमतीलाई झुटो बोल्ने गरेका थिए ।

तर उनले विदेशमै अर्को विवाह गरेका रहेछन् । पछिल्लो पटक आउँदा मैले अर्को विवाह गरेको छु । तँलाई कति पैसा चाहिन्छ ? ५० हजार दिउँ की २० लाख चाहिन्छ भने । म अब तँ संग बस्दिन अर्को विवाह गरेको छु भनेर श्रीमतीलाई अचानक भने । चार वर्ष सम्म कहिले के बिरामी भएँ भन्दै झुटो बोल्दै राखे ।

श्रीमान विरामी भए भनेर गीता निकै चिन्तित थिइन् । तर अर्को विवाह गरेका कारण उनले पैसा नपठाएका रहेछन् । भोली तँ प्रहरी चौकी आइज म अर्को श्रीमती लिएर आउँछु त्यहीँ छिनोफानो गरौंला भनेर पनि झुक्याए । भोली पल्ट उनी प्रहरी कार्यालय नआएर अर्की महिला लिएर उनी भारत गएका हुन् । तर प्रहरीले श्रीमान र ती महिलालाई झिकायो ।

प्रहरी कार्यालयमा आए पछि अर्की महिलाले मलाई यिनको विवाह भएको र छोरा समेत छ भन्ने थाहा थिएन म यिनीसंग बस्दिन भनेर प्रहरी कार्यालयवाट गएकी महिलासंग फेरी श्रीमान गएको उनको भनाई छ । श्रीमानले म अब तँसंग बस्दिन अब तँलाई र छोराको ज्यान लिन्छु भनेर ध म्की दिएको बताएकी छन् ।

—————————————————-

प्रतिकृया दिनुहोस्