Wednesday, June 23

अब फेरि असोज १५ गतेसम्मका लागि सबै बन्द गर्ने निर्णय, भर्खरै आयो यस्तो खबर !

September 22, 2020 3411

१५ गतेसम्मका लागि सबै बन्द गर्ने निर्णय, भर्खरे आयो यस्तो खबर ! काठमाडौ ! । वीरगंजमा असोज १५ गतेसम्म निषेधाज्ञा छ । वीरगंजमा आजदेखि सरकारी कार्यालयहरु सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालय, पर्सा, वीरगंज महानगरपालिका, भूमिसुधार तथा मालपोत कार्यालय, नापी, यातायात, कोलेनिका लगायतको सरकारी कार्यालयले सुरक्षा मापदण्ड अपनाएर सेवाग्राहीलाई सेवा प्रदान गरेको छ ।सरकारी कार्यालयमा छेकबार लगाएर सेवाग्राहीलाई सेवा दिइएको एकजना कर्मचारीले बताए । प्रशासन कार्यालयले सुरक्षा मापदण्ड अपनाएर आइतवारदेखि सरकारी कार्यालय सञ्चालन गर्न निर्देशन दिएको थियो । त्यस्तै वीरगंजमा लामो तथा छोटो दूरीका सवारीसाधनहरु पनि सुरक्षाको मापदण्ड अपनाएर सञ्चालन भएका छन् ।

प्रतिकृया दिनुहोस्