Tuesday, June 22

लाप्चामा नेपाली भूमी अतिक्रमण नगरेको चीनको दाबी

September 23, 2020 183

काठमाडौं- हुम्लाको लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको चिनको दाबी रहेको छ । चीनसँगको सीमा क्षेत्र हुम्लाको लाप्चा बगरमाचीनले नेपाली भूमि मिचेर भवन बनाएको खबर सार्वजनिक भएपछि ध्ययनका लागि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गएको टोलीसँग चिनियाँ सुरक्षाकर्मीहरुले त्यो आफ्नै भूमि भएको दाबी गरेको हो ।

नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले आफूहरु भवन बनाएको ठाउँमा पुगेपछि चिनियाँ पक्षले भवन बनेको ठाउँबाट नेपालतर्फ एक किलोमिटर जमिन चीनको रहेको दाबी गर्दै आफूहरुलाई फर्कन भनेको बताए ।

आफूहरुले १२ नम्बरको पिल्लर देखेको र त्यहाँबाट सिधा हेर्दा भवन बनाएको ठाउँ नेपालको जस्तो देखिने तर ११ नम्बरको पिलर नदेखिएको उनले बताए । सरकारले नै ११ नम्बरको पिल्लर खोजेर त्यो ठाउँबारे यकिन गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्