Saturday, March 6

दुखद खबर, गुल्मीमा सडकमा हिँडदा हिँड्दै पहिरोमा पुरिएर पाँच वर्षीय बालकसहित दुई जनाको मृत्यु

September 23, 2020 246

गुल्मी, ६ असोजस् इस्मा गाउँपालिका –२ हस्तीचौर, रात चौर, स्यालाको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ । सोमबार राति गएको पहिरामा पुरिएर बेपत्ता बनेका दुई जना आज बिहान मृतावस्थामा फेला परेका छन्इस्मा गाउँपालिका –२ रातामाटाका ३९ वर्षीय प्रेमबहादुर कुमाल र पाँच वर्षीय सफल कुमालको शव आज बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली ले पहिराबाट निकालेको सशस्त्र प्रहरी बल गुल्मीका प्रहरी नायब उपरीक्षक अशोककुमार लम्सालले जानकारी दिए ।सडकमा हिँड्दै गरेका अवस्थामा सडकमाथिबाट ठूलो पहिरो खस्दा दुवै पहिरामा पुरिएर बेपत्ता बनेका थिए । घटनामा स्थानीयवासी तिलक कुमालसमेत घाइते भएका थिए । सोमबार अपराह्न उक्त क्षेत्रमा ठूलो पानी परेको थियो ।

प्रतिकृया दिनुहोस्