Saturday, March 6

काठमाडौवाट हेटौंडा जाँदै गरेको स्कार्पियो र मोटरसाइकल पहिरोमा पुरीयो : चालकको निधन, २ जना घाईते

September 23, 2020 231

काठमाडौ । काठमाडौँबाट हेटौँडा जाँदै गरेको एक स्कार्पियो जिप पहिरोमा पुरिँदा एक जनाको निधन भएको छ। सोही वाटोमा गुडेको दुई जना सवार मोटरसाइकलमा पनि क्षती पुगेको छ । मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

बुधबार बिहान काठमाडौँबाट हेटौँडा जाँदै गरेको बा १७ प ४८७४ नं को स्कार्पियो पहिरोमा पुरीएको हो भने बा ९७ प ४८५१ नं को मोरटरसाइकल पनि पहिरोमा परेको थियो । भीमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा पहिरोमा पुरिँदा चालकको स्कार्पियो चालकको निधन भएको हो । उनको सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ईन्द्रबहादुर रानाले अविरल वर्षाका कारण माथिबाट खसेको पहिरोले स्कार्पियो पुरिँदा चालकको निधन भएको बताए। पहिरोमा परेर मोटरसाइकलमा यात्रा गरेका दुई जना घाइते भएका हुन् । उनीहरुको पनि नाम खुलेको छैन । उक्त पहिरोले काठमाडौँबाट हेटौँडा जाँदै गरेको मोटरसाइकलमा क्षती पुगेको हो । घाइतेलाई उपचारका लागि काठमाडौंँ ल्याइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्