Wednesday, June 23

कुलमान घिसिङलाई भगवान भन्नेहरूलाई ‘प्रधानमन्त्रीका प्रेस सल्लाहाकारले ‘पाखे´ भने

September 23, 2020 357

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापा फेरि विवादमा तानिएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिका कारण थापा विवादमा तानिएका हुन् । उनले उक्त अन्तर्वार्तामा नेपाल विद्यतु प्राधिकरणको कार्यकारी निर्देशकबाट विदा भएका कुलमान घिसिङलाई भगवान भन्नेहरूलाई ‘पाखे’ भनेका छन् ।

नेपालमा लोडसेडिङ अन्त्य गरेको भन्दै कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्नुपर्ने माग उठिरहेको छ । सार्ै विभिन्न स्थानमा कुलमानको समर्थनमा नारा, जुलुस भइरहेका छन् । सोही सन्दर्भमा सोधिएको प्रश्नमा थापाले भनेका छन्, ‘कुलमान जी भगवान हैन, हामी सबै मानिस हो । जनताले सडकमा उत्रिएर भगवान भन्दैमा हामी भगवान भन्छौं तरु कुलमानलाई भगवान भन्नेहरू पाखे हुन् । उनीहरूको त्यो सन्तुलित विचार, दृष्टिकोण र बुझाई हैन ।’

थापाले जनताले सडकमा जुलुस निकालेर कुलमानको पुनः नियुक्ति नहुने पनि स्पष्ट पारे । थापाले सामाजिक मिडियामा लेख्ने र जुलुस निकाल्नेले कुलमानलाई डुबाइरहेको बताए । थापाले अगाडि भनेका छन्, ‘कुलमानको पक्षमा बहस, जुलस के–के भइरहेका छन् भन्नेतिर म जान चाहन्नँ । लोडसेडिङ अन्त्य गर्ने कुलमानको योजना हैन, सरकारको योजनामा लोडसेडिङ अन्त्य भएको हो । कुलमान जी कार्यसम्पादन सम्झौता गरेर नियुक्त हुनुभएको हो । अब प्राधिकरणको नयाँ कार्यकारी निर्देशक प्रक्रियाअनुसार नियुक्त गर्छौं ।’

थापाको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । कुलमानका समर्थकहरु समाजिक सञ्जालमा थापाविरुद्ध आक्रमकरुपमा प्रस्तुत भैरहेका छन् ।

प्रतिकृया दिनुहोस्