Wednesday, June 23

सक्रिय कोरोना संक्रमित २५ हजार पुगे फेरि लकडाउन गर्ने सरकारको तयारी

September 23, 2020 397

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार पुगेमा फेरि लकडाउन गर्नुपर्ने जनाएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले २५ हजार सक्रिय संक्रमित पुगेमा फेरि लकडाउन गर्न सिफारिस गरिने जानकारी दिए ।

संक्रमित बढ्दै गएपछि स्वास्थ्य पूर्वाधारले धान्न गाह्रो हुने भएकाले फेरि लकडाउनको अवस्था आउन सक्ने उनको भनाइ छ । मन्त्रालयले संक्रमणको जोखिम अहिले उच्च भएकाले सकभर जनस्वास्थ्यका मापदण्डको पालना गर्न, घरबाटै हुनसक्ने कामहरु घरबाटै गर्न, कम्तिमा एक महिना पसल व्यवसाय नखोल्न पनि आग्रह गरेको छ ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ । ४९ हजार ९ सय ५४ जना निको भएर घर फर्किएका छन् भने ४ सय ३६ जनाको ज्यान गएको छ ।

 

प्रतिकृया दिनुहोस्