Wednesday, June 23

दुःखद खबर; स्याङ्जा पछि पाल्पामा पहिरोले घर पुरिंदा,५ जना बेपत्ता ।

September 24, 2020 319

८ असोज २०७७–पाल्पा । लगातारको बर्षाका कारण जिल्लाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएको खबर प्राप्त भएको छ ।

रम्भा गाउँपालिका–२ का होमबहादुर गाहाको घर गए रातिको पहिरोले पुरिंदा पाँच जना बेपत्ता भएको हुंगी प्रहरी चौकीको टोली उद्धारका लागि गएको एसपी सन्तोष भट्टराईले जानकारी दिएका छन् ।

पहिरोले घर पुरिंदा मानिस बेपत्ता भएको खबर आएपछि आफूहरु त्यसतर्फ जाँदै गरेको जानकारी दिंदै जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी भट्टराईले भने, ‘होमबहादुर गाहाको घरमा पाँच जना पुरिएको खबर प्राप्त भएको छ । बाँकी क्षतिबारे घटनास्थलमा उद्दार टोली पुगेपछि मात्रै थाहा हुन्छ ।’

 

प्रतिकृया दिनुहोस्