Thursday, March 4

पाल्पामा पहिरोले घर पुरिँदा सक्नेहरु भागेर बाँचे, गर्भवती दौडिन नसक्दा पहिरोमा पुरिइन्

September 24, 2020 732

पाल्पा । २ दिनदेखिको अविरल वर्षाका कारण पाल्पामा एकाविहानै पहिरो जाँदा ३ घर पुरिएका छन् भने ६ जना बेपत्ता भएका छन् ।

पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा अविरल वर्षापछि खसेको पहिरोले तीन घर पुरिँदा हुमबहादुर गाहाको परिवारका पाँच जना बेपत्ता भएका छन् ।

भने मनबहादुर गाहाको परिवारका तीन जनाले भने भागेर ज्यान जोगाउन सफल भएपनि फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

अध्यक्ष भण्डारीका अनुसार अहिले पनि पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको छ ।

प्रतिकृया दिनुहोस्