Sunday, March 7

स्याङ्जामा पहिरोमा पुरिएका १० जनाको शव फेला, एकजनाको भने जीवितै उद्धार

September 24, 2020 278

स्याङ्जामा पहिरोमा पुरिँएका १० जनाको शव फेला परेको छ ।

अविरल वर्षापछि स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा पुरिँएका १० जनाको शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

विहीबार बिहान ६ बजे स्याङ्जाको वालिङ –१४ तमाधी स्थित माया परियारको घर माथिबाट खसेको पहिरोले पुरिदा घरमा रहेका १० जना मध्ये ९ जना मृत्यु भएको हो । पहिरोमा परेका एकजनाको भने जीवितै उद्धार भएको छ ।

पहिरोमा परी वेपत्ता भएका २७ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाल, ६० वर्षीया सानी नेपाली, ९ वर्षीय बिवश नेपाली, अन्दाजी १४ को बिक्रम नेपाली, १९ वर्षीया बिनिता नेपाली, २१ वर्षीय कुलदिप नेपाली तथा ६।७ महिनाका नाम नखुलेका बालकको शव स्थानीयको सहयोगमा पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ ।

पहिरोबाट १६ वर्षीया मनिषा नेपालीलाई घाइते अवस्थामा उद्धार गरिएको हो । गम्भीर घाइते मनिषालाई उपचारको लागि पोखरा ल्एयाइएको छ ।

त्यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गौतम टोलका १८ वर्षीय कृष्ण नेपालीको पहिरोले पुरिएर मृत्यु भएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले बताउनुभयो । वडा अध्यक्ष पाण्डेका अनुसार गएराति २ बजे गौतम टोलका मानबहादुर नेपालीको घरको आँगन खस्दा तल्लो घरमा सुतिरहेका कृष्ण नेपालीको पुरिएर मृत्यु भएको हो ।

 

प्रतिकृया दिनुहोस्