Sunday, June 20

स्याङ्जा पहिरो अपडेट : एकैपरिवारका ७ जनासहित ८ शव निकालियो, दुईजना वेपत्ता

September 24, 2020 1586

वालिङ । स्याङ्जामा पहिरोमा परेर एकै परिवारका ७ जनासहित ८ जनाको ज्यान गएको छ । वालिङ नगरपालिकामा एकैघरका ७ जनाको शव फेला परेको छ । अरु २ जना वेपत्ता भएका छन् । एक जनाको जिवितै उद्दार गरिएको छ ।

स्याङ्जाका प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले वालिङमा ७ जनाको र कालिगण्डकीमा १ जनाको शव फेला परेको जानकारी दिए । कालिगण्डकी–४ गोतामेडाँडामा खसेको पहिरोले १६ वर्षीय विष्णु बहादुर दमाईको मृत्यु भएको छ ।

 

वालिङ नगरपालिका–१४ स्थित तमादीडाँडामा बिहान खसेको पहिरोले माया नेपालीको घरका ७ जनाको मृत्यु भएको छ । दुई जना वेपत्ता भएका र एक जनाको उद्दार गरिएको छ । माया नेपालीको घरमा १० जना थिए ।

ज्यान गुमाउनेमा उमाकला नेपाली, माया नेपाली, दिपक नेपाली, सानी नेपाली र विवश नेपालीको पहिचान भएको छ ।

काठमाडौ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

मनसुन बाहिरिने औसत समय आज अर्थात् सेप्टेम्बर २३ हो । यस वर्ष मनसुन औसत समयभन्दा एकसाता ढिलो बाहिरिने मौसमविद्को अनुमान छ ।

अहिलेको अवस्थालाई हेर्दा सो प्रणाली नेपालमा केही दिन रहने भएकाले मनसुनी गतिविधि अझै तीनचार दिन बढ्न सक्ने बताइएको छ । “शनिबारसम्म घाम लाग्ने सम्भावना कमै रहेको छ”, मौसमविद् कँडेलले भन्नुभयो । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, ५, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पनिछल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाका ४५.० मिलिमिटर वर्षा भएको छ ।

त्यस्तै पोखरामा ४८.०, धनगढीमा १०।०, दिपायलमा २६.७ सिमरामा ३०.५ र धनकुटामा ४०.० मिलिमिटर वर्षा भएको छ ।

प्रतिकृया दिनुहोस्