Tuesday, June 22

“भ्रष्टहरुलाई टपक्क टिपेर पद दिन मिल्ने, कुलमानलाई नमिल्ने ? त्यस्ता कानुन तत्काल खारेज गर”

September 25, 2020 258

काठमाडौँ – सामाजिक अभियानता ज्वाला संग्रौलाले समसामयिक सामाजिक तथा राजीनितिक विषयहरुमा आफ्नो धारणा निर्धक्क राख्छिन्। उनी सामाजिक संजालमा खरो प्रहार गर्ने कारणले चर्चित छिन्।

 

पछिल्लो समय नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई पुनर्नियुक्ति नगर्ने चलखेल विरुद्ध उनी लगातार आवाज उठाइरहेकी छिन्। देश र जनताले चाहेको व्यक्तिलाई उचित जिम्मेवारी नदिइए सरकार र नेकपा दुवैलाई घातक हुने उनको चेतवानी रहने गरेको छ।

 

पछिल्लो समय कुलमानको पुनर्नियुक्तिमा कानुनी बाधा रहेको बताउन थालिएपछि संग्रौलाले त्यस्ता कानुन तत्काल खारेज गर्न माग गरेकी छिन्। संग्रौलालेले सामाजिक संजाल फेसबुक मार्फत त्यस्तो माग गरेकी हुन्। भ्रष्टहरु मात्रै भर्ति गर्न मिल्ने कानुन तत्काल खारेज गर्न उनको माग छ।

 

“जनताले चुनावमा ढाड सेकाइदिएका बामदेवलाई रास्ट्रिय सभामा लान मिल्ने, तर देशलाई उज्यालो पारेर जनताको दिलमा बसेका कुलमानलाई चाहिँ फेरि विद्युत प्राधिकरणमा लान नमिल्ने?”,संग्रौलाले सामाजिक संजाल फेसबुक मार्फत प्रश्न गरेकी छन्।

 

जनताले हराएका व्यक्तिलाई कानुन संशोधन गरी राष्ट्रिय महत्वका पदमा राख्ने र जनताले मन पराएका व्यक्तिलाई कानुन देखाएर पाखा लगाउने हो भने त्यस्तो कानुनको कुनै पनि औचित्य नहुने उनको भनाई छ।

 

“यदि कानुन संशोधन गरी जनताले हराएकालाई राष्ट्रिय महत्वका पदहरुमा टपक्क टिपेर राखिन्छ र जनताले मन पराएकालाई षड्ययन्त्र गरी आउट गरिन्छ भने त्यस्ता भ्रष्ट्र मात्र भर्ति गर्न मिल्ने कानुन तत्काल खारेज गर !”,फेसबुकमा उनी लेख्छिन्।

संग्रौलाले फेसबुकमा यसो लेखेकी छन् –

 

जनताले चुनावमा ढाड सेकाइदिएका बामदेवलाई रास्ट्रिय सभामा लान मिल्ने, तर देशलाई उज्यालो पारेर जनताको दिलमा बसेका कुलमानलाई चाहिँ फेरि विद्युत प्राधिकरणमा लान नमिल्ने? यदि कानुन संशोधन गरी जनताले हराएकालाई राष्ट्रिय महत्वका पदहरुमा टपक्क टिपेर राखिन्छ र जनताले मन पराएकालाई षड्ययन्त्र गरी आउट गरिन्छ भने त्यस्ता भ्रष्ट्र मात्र भर्ति गर्न मिल्ने कानुन तत्काल खारेज गर !

प्रतिकृया दिनुहोस्