Sunday, February 28

सम्झनाको मन्दिर भित्रै गयो ज्यान

September 26, 2020 320

बझाङ जिल्लाको मष्टा गाउँपालिका स्थित शिव मन्दिरभित्र एक १२ वर्षीया बालिका सम्झना कामीको करणी पछि ज्या’न लिएका छन् । बुधबार साँझ गोठमा गाइवस्तुलाई घाँस हाल्न हिँडेकी मष्टा गाउँपालिका–२ खिकाला बस्ने सम्झनाको ज्या’न लिएको अवस्थामा शव फेला परेको बझाङ प्रहरी प्रमुख रुपक खड्काले जानकारी दिएका छन् ।

खड्काका अनुसार बालिकाको श’व स्थानीय शिव मन्दिरभित्र शरीरको तल्लो भाग न’ ग्न रहेको अवस्थामा फेला परेको छ । नि’र्वस्त्र सम्झनाको श’रीरभरि नि ल’डा म र टा’उकोमा चो ‘ट थियो। उनलाई पहिले करणी गरी ‘ह ‘त्या’ गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनको कानमा लगाइएका मुन्द्री पनि छैनन् । आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहान गाई-गोरु बाहिर ल्याउने र साँझ भित्र बाँ’ध्ने जिम्मा सम्झनाकै काँधमा थियो। उनी गोठमा गएको एक घन्टाभित्र घर आइपुग्थिन्। बुधबार साँझ भने उनी दुई घन्टासम्म पनि फर्किनन्। नातिनी घर नफर्केपछि हजुरबुवा गोरख खोजीमा निस्के। जताततै खोजी गर्दा पनि फेला पार्न सकेनन्।

त्यसपछि उनले गाउँलेलाई गुहारे। गाउँलेहरू मिलेर सम्भावित ठाउँमा हेर्दा पनि सम्झना कतै भेटिइन्। त्यसपछि गोठ नपुग्दैको सिमदेवता मन्दिर गए। त्यहाँ सम्झनाको ला’स थियो।

सम्झना हँसिलो चेहराकी थिइन्। बोलाइली थिइन्। सबैसँग मिलनसार थिइन्। अह्राएको काम खुरुखुरी गर्थिन्। काममा सघाउने भएकाले हजुरबुवा-हजुरआमा उनैलाई बिहान गाई-गोरु पगा लगाउन र साँझमा गोठमा लगेर बाँ’ध्न पठाउँथे। बिहान गएर खोलेफाडो गर्थिन्, पानी खुवाउँथिन् र घाँस भएतिर पगा लगाउँथिन्। साँझ फेरि पानी र खोलेफाडो गरी फर्किन्थिन्।

संलग्न भएको आशंकामा प्रहरीले सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको छ। उनले प्रारम्भिक अनुसन्धानमा घटनामा संलग्नता इन्कार गरेका छन्।

सम्झनाको कानमा पाँच आनाका सुनका मुन्द्री थिए। श’व भेटिँदा ती मुन्द्री कानमा थिएनन्। प्रहरीका अनुसार गाई-गोरु थ’न्क्याउन जाने बाटोमा राजेन्द्रले सम्झनालाई कहिलेकाहीँ पछ्याउँदा रहेछन्।

राजेन्द्र र सम्झनाको घर दस मिनेट टाढा हो।बेला-बेलामा राजेन्द्रले सम्झनासँग कानका मुन्द्री मागिरहेको कुरा सम्झनाले हजुरबुवा गोरखलाई भन्ने गरेकी थिइन्।
‘केही हुँदैन, गाउँकै मान्छे हो, हामी छौं नि किन डराउँछौ भनेर हजुरबुवाले ढाडस दिने गरेका रहेछन्,’ सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले भने।

एक साताअघि सम्झनाले हजुरबुवासँग राजेन्द्रले पछ्याउने गरेको भन्दै त्यो घटनाले आफू भयभीत भइरहेको संकेत दिएकी थिइन्। तर, परिवारले सामान्य ठान्दा अप्रिय घटना हुन पुग्यो।

अखिल नेपाल महिला सङ्घ (अनेसङ्घ)ले बझाङकी बालिका सम्झना कामीको घटनाका दोषी पत्ता लगाई कारवाही गर्न माग गरेको छ।

अनेमसङ्घका संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेलले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानविन गरी दोषी पत्ता लगाएर कानूनी दायरामा ल्याउन माग गरेका हुने। उनीहरुले बालबालिकाको भयरहित वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न माग गरेका छन्।

बझाङको मष्टा गाउँपालिका–२ की १२ वर्षीया बालिका कामीको यही असोज ७ गते घरबाट पशुचौपया बाँध्न सिमछाना भन्ने ठाउँमा गएको बेला अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा गाउँभन्दा झण्डै दुई किलोमिटर टाढा पर्ने सिम मन्दिरमा उनको शव फेला परेको थियो।

प्रतिकृया दिनुहोस्