Tuesday, March 2

सेना भित्रको ज्यादती पर्दाफास, ३ जना हाकिम मिलेर सिपाहीलाई बनाए सख्त घाइते

September 27, 2020 219

काठमाडौँ । बेला बेलामा आर्मी र प्रहरी भित्रका ज्यादतीले समाचारमा स्थान पाउने गर्छन् । जसको घोर भत्सना गरे पनि ति शब्दहरु कम नै हुन्छन् । सिस्टम भित्र चल्ने भनिएको नेपाल आर्मीको फेरी एएटा घिनलाग्दो प्रकरण बाहिरिएको छ । शान्ति मिसनमा गएका नेपाली सेनाका सहसेनानीको कुटाइबाट एक सिपाही गम्भिर घाइते भएका छन् ।

सहसेनानीहरु सुभाष हुमागाईं, इन्द्र थापा, सुभाष हुमागाईं र योगेन्द्र धितालको निर्घात कुटपिटबाट सैनिक तथा जवान नायक नवराज माझी सख्त घाइते भएका छन् । सेनानीत्रयले अपराधीलाई भन्दा पनि निर्घात कुटपिटबाट माझीको फिला, तिघ्रा, कम्मर र भुँडीमा गम्भीर चोट लागेको छ ।

माझीको शरीरमा लागेको चोट सहितका दृश्यहरु अहिले सामाजिक संजाल र मिडियामा भाइरल बनेका छन् । यो त एउटा प्रतिनिधि उदाहरण मात्रै भएको र आफ्नै हाकिमबाट दैनिक कुटाइ खानु परेका कारण कैयौँ सेनिकहरु निर्घात् कुटपिटबाट छुटकारा पाउन जतिसक्दो छिटो मुलुक फर्कनुबाहेक अर्को विकल्प नरहेको पिडितहरु बताउँछन् । यस विषयमा अहिलेसम्म नेपाली सेनाले केही प्रतिक्रिया दिएको छैन ।

प्रतिकृया दिनुहोस्