Sunday, February 28

प्लाष्टिकले बेरेर फालिएको अवस्थामा नवजात शिशुको शव फेला

September 27, 2020 111

सुर्खेत । प्लाष्टिकमा बेरेर फालिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित खोर्के खोलामा सो अवस्थामा नवजात शिशुको शव फेला परेको हो ।

प्रहरी कार्यालय सुर्खेतले जनाए अनुसार शिशुको उक्त शव शुक्रबार बिहान ९ बजेतिर भेटिएको हो।

शिशुको शवलाई खोलाबाट निकालिएको र पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ ।

कसले र कहिले शिशु फालेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्