Sunday, February 28

बाराको निजगढमा बसले स्कुटरलाई ठक्कर दिदा एकै परिवारका तीनको मृत्यु

September 27, 2020 209

बारा, ११ असोज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया निजगढमा सडक दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको छ ।

आज (आइतबार) पूर्वतर्फबाट आइरहेको बसले करिब ५ बजेको समयमा स्कूटीलाई ठक्कर दिदा बारा निजगढ १० का एकै परिवारका तीनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

पूर्वतर्फबाट आइरहेको ना४ख ७२४४ नम्बरको बसले प्रदेश २–०३–००४ प ४४४२ नम्बरको स्कूटरलाई ठक्कर दिएको हो ।

स्कूटीमा सवार निजगढ नगरपालिका वडा नं. १० लाल निवासी तिर्थमान स्याङ्गतान, निजकी श्रीमति ज्योति स्याङ्गतान र निजहरुको एक छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

ठक्कर दिने बसका चालक फरार रहेका छन्, भने दुर्घटना भएका सवारी साधनलाई ईलाका प्रहरी कार्यालय, सिमरा ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्