Monday, March 8

कोरोना भाइरसको संक्रमणबाट सिनियर स्वास्थ्यकर्मीको काठमाडौंमा मृत्यु

September 29, 2020 188

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सिनियर स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरीको मनरा सिसवा ६ सरपलोका ५८ वर्षीय सिनियर अहेब सिकिलप्रसाद साहको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका जयमोद ठाकुरले साह पर्साको जगन्नाथपुर गाउँपालिकामा कार्यरत सिनियर अहेब (जनस्वास्थ्य अधिकृत) रहेको जानकारी दिए ।

भदौ १९ गतेदेखि स्वास्थ्यमा समसया आएपछि उनको चन्द्रकला अस्पताल जनकपुरमा उपचार भएको थियो । त्यसपछि उनलाई काठमाडौंको त्रिवि शिक्षण अस्पताल ल्याइएको र त्यहाँ परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको थियो ।

शिक्षण अस्पतालमा भेन्टिलेटर खाली नभएपछि उनको बुढानीलकण्डको करुणा अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको थियो । उनको सोमबार बिहान उपचारकै क्रममा मृत्यु भएको ठाकुरले नागरिकखबरलाई जानकारी दिए ।

 

 

 

प्रतिकृया दिनुहोस्