Wednesday, June 23

वडा अध्यक्षले नै चोरे गाउँपालिकाको सम्पति, समातिएपछि भयो यस्तो हालत

September 29, 2020 320

काठमाण्डौं । जनप्रतिनिधि जनताको सेवा गर्न भनेर चुनिन्छन् । तर, उनीहरुले चुनाव जितेपछि कस्तो सम्म गर्न सक्छन् भन्ने उदाहरण बैतडी जिल्लामा देखिएको छ । जिल्लाको सिगास गाउँपालिका–४ का अध्यक्षले वडा कार्यालयको सोलार र फोटोकपी मेशिन आफ्नै घरमा राखेका छन् ।

वडाध्यक्ष शेरसिंह साउँदले वडा कार्यालका लागि आएको उक्त सामग्री ओखसैनीस्थित आफ्नै घरमा राखेका हुन् ।

स्थानीयका अनुसार वडाध्यक्षले उक्त सामग्री स्थानीय तहको निर्वाचनदेखिनै आफ्नो घरमा राखेका छन् । स्थानीयबासी र कार्मचारीले कागजात फोटोकपी गर्न वडाध्यक्षकै घरमा जानुपर्ने बाध्यता छ। कान्धारस्थित वडा कार्यालयबाट वडाध्यक्षको घर ओखसैनी पुग्न आधा घण्टा समय लाग्छ ।

सिगास गाउँपालिकाको कार्यालय गर्जेबाट १ घन्टा लाग्दछ । ‘सेवाग्राहीले सामान्य कामका लागि पनि वडाध्यक्षको घरमा जानुपर्छ,’ एक स्थानीयले गुनासो गरे, ‘वडाध्यक्षले निर्वाचित भए लगत्तै आएको सामान आफ्नै घरमा राखेका छन्।’

वडाध्यक्ष साउँदले भने सोलार र फोटोकपी मेशिन वडा कार्यालयमै रहेको दाबी गरे । उनले कुनै बेला पनि उक्त सामग्री घरमा नलगेको बताए । तर उनकै घरमा ती सामान भएको ताजा तस्बिर मिडियालाई प्राप्त भएका छन्।

‘फोटोकपी मेशिन र सोलार वडा कार्यालयमै छ,’ उनले भने, ‘जो कोही आएर पनि हेर्न सकिन्छ।’ वडाध्यक्ष साउँद तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका थिए । समाचार र तस्वीर श्रोत: महेन्द्रनगर पोष्ट

 

प्रतिकृया दिनुहोस्