Saturday, February 27

काठमाडौमा आजवाट नयाँ नियम : सोर्सफोर्स चल्दैन !

September 29, 2020 2267

काठमाडौ । नियम पालना नगर्ने सवारी साधनलाई काठमाडौमा कारवाही थालिएको छ । काठमाडौंमा चल्ने सवारी साधानमा जोरबिजोर प्रणालीमा कडाइ गरेको प्रहरीले एक हजार भन्दा बढीलाई कारवाही गरेको छ । कोरोनाको जोखिम बढ्दै गएका कारण मंगलबारबाट ट्राफिक महाशाखाले चेकजाँचमा कडाइ गरेको जनाएको छ । महाशाखाका प्रवक्ता एसपी रामेश्वर प्रसाद यादवले यातायात सञ्चालन गर्दा अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड पुरा गरे नगरेको पनि जाँच गरिएको बताए।

मंगलबार बिहानभरीमा मात्रै एक हजार ५८ वटा सवारी साधान प्रहरीले नियन्त्रणमा लिएका छ। तीमध्ये १ सय ६१ वटा चारपांग्रे र बाँकी दुईपांग्रे हुन्। नियन्त्रणमा लिइएको सवारीसाधान सडकमै होल्ड गरिएको छ।

उपत्यकाका तीन जिल्लाका सीडीओले जोरबिजोर प्रणालीमा सवारी साधान सञ्चालन गर्ने निर्णय गरेपनि चेकजाँच नहुँदा सवारीको चाप बढेको थियो। नियम पालना नगर्दै सबै नम्बर प्लेटका गाडी संचालन भएका थिए । हामीले पनि चेकजाँचमा केही कम गर्‍यौं, मान्छेहरुले नियमै मान्न छाडे, प्रहरीले भने, कोरोनाको जोखिम बढ्दा समेत सर्वसाधारणले हेलचेक्राई गर्न छोडेनन् । प्रहरीले अब कसैको पनि दवाव नसुरेर कारवाही गर्ने बताएका छन् ।

कारबाही नगर्दा नियम नमान्नेहरु बढेकाले फेरि कडाइ गर्न थालेको ट्राफिकले जनाएको छ। अब कुनै पनि बहानामा जान नदिने ट्राफिकको तयारी छ। नक्कली कार्ड बनाउनेहरुलाई पनि कारवाही गरिने बताएका छन् । भदौ १५ गतेदेखि उपत्यकाको सवारी आवागनमन जोरबिजोर प्रणालिका आधारमा खुल्ला गर्ने निर्णय भएको थियो।

यस्तै व्यवसाय सञ्चालनका लागि समय तोकिएको थियो। तर सरकारको यो निर्णय पुर्णरुपमा कार्यन्वयन भने भएको छैन। पसलहरु निर्वाध रुपमा खुलेका छन् भने सवारी साधान पनि नियम मिच्दै गुडिरहेका छन्। असोज १ गतेबाट भने लामो दूरीका सवारी साधान पनि चल्न थालेका छन्।

 

प्रतिकृया दिनुहोस्