September 29, 2020 194
काठमाडौं, असोज १३ । बोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल भनेर बिक्री गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले प्रेमशिला देवी, वकिल खान, सुमित्रा जैसवाल र चन्दादेवी शाहलाई पक्राउ गरेको हो । कालिमाटीका डीएसपी अपिलराज बोहोराका अनुसार उनीहरुले १० रुपैयाँ प्रतिगोटामा चल्ला किनेर ल्याएर डेढ सय रुपैयाँसम्ममा बिक्री गरेको पाइएको छ ।
प्रहरीलाई प्राप्त सूचनाको आधारमा गएर छापा मार्दा ३ हजार ६ सय ५० वटा चल्ला रंग लगाइएको अवस्थामा बरामद भएको उनले बताए । थप २४ हजार ९ सय ५० वटा चल्लालाई रंग लगाउन तयारी अवस्थामा राखिएको पाइएको उनले बताए ।
पक्राउ परेका चार जनालाई कुन मुद्दा चलाउने भन्ने टुंगो लागि नसकेको बोहोराले बताए । थप अनुसन्धान जारी छ । – अनलाइनखबरबाट ।
प्रतिकृया दिनुहोस्