Saturday, March 6

फेरि लकडाउन हुने संकेत देखियो , आजबाट उपत्यकामा यस्तो कडाई सुरू

September 29, 2020 637

काठमाडौं– कोरोना भाइरसको संक्रमण काठमडौं उपत्यकामा बढ्दै गएसँगै सवारी साधन चेकजाँचमा कडाइ गरिएको छ । भदौ २५ बाट लागू भएको सवारी सञ्चालनमा जोविजोरको प्रणालीमा थप कडाइ गरिएको हो ।

सवारी जाम बढ्न थालेपछि जोर विजोर प्रणालीलाई प्रभावकारी बनाउन काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारी साधनलाई प्रहरी कडाइका साथ चेकजाँच सुरु गरेको हो ।

नियमाअनुासर जोर बिजोर प्रणालीमा सञ्चालन नहुने सवारीलाई होल्डमा राख्ने गरिएको छ । दिउँसो सवा १२ बजेसम्मको तथ्याङ्क अनुसार ट्राफिक कारबाहीमा ८०० भन्दा बढी सवारी परेका छन् ।

करिब ७ सय मोटरसाइकल र स्कुटर रहेका छन । होल्ड गरिएको सवारीलाई साँझ ८ बजेमात्रै छाड्ने बताइएको छ ।केहि दिनअघि मात्रै स्वास्थ्य मन्त्रालयले सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार पुगेमा फेरि लकडाउन गर्नुपर्ने निर्णय सिफारिस गरेको थियो । काठमाडौंलगायत देशभर सक्रिय संक्रमितको संख्या बढ्दै गएसँगै कडाइ हुन सुरु भएको हो ।

योसँगै सर्वसाधरणमा फेरि लकडाउन हुने संकेत देखिएको आशंका सुरु भएको छ । यद्यपी फेरि लकडाउन हुन्छ या हुन्न भन्ने विषयमा कुनै टुंगो भने लाग्न सकेको छैन् ।

प्रतिकृया दिनुहोस्