Saturday, February 27

श्रृंखला खतिवडाको घरमा पस्यो कोरोना, आमा आइसोलेसनमा

September 29, 2020 196

काठमाडौं । बागमती प्रदेशसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोना पुष्टि भएको छ । उनी पूर्व मिस नेपाल श्रृंखला खतिवडाकी आमा हुन् ।

सिग्देलको स्वाब परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको पारिवारिक स्रोतले जनाएका छन् । घाँटी दुखेपछि सिग्देलले स्वाब परीक्षण गराएकी थिइन् । हाल उनी काठमाडौंस्थित घरमा होम आइसोलेसनमा बसेकी छिन् । सिग्देलका श्रीमान् तथा प्रतिनिधिसभा सांसद विरोध खतिवडा र छोरी पूर्व मिस नेपाल श्रृंखला खतिवडाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

यो अर्को समाचार, भक्तपुर नगरपालिकाको ७५ शय्याको आइसोलेन केन्द्र शुरु
भक्तपुर नगरपालिकाले कोरोना सङ्क्रमित आफ्ना नागरिकको उपचार र स’ङ्क्र’मण नियन्त्रणका लागि आफ्नै आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । नगरपालिकाले ब्रह्मायणीमा निर्माण गरेको बहुउद्देश्यीय भवनलाई ७५ शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याई कोरोनाका १० सङ्क्रमितलाई राखेको छ । थप विरामी थपिने क्रम जारी छ ।

नगरपालिकाले अहिलेसम्म खरिपाटीस्थित विद्युत् प्राधिकरणको आइसोलेसन सेन्टर र भक्तपुर अस्पतालमा सङ्क्रमितलाई पठाउँदै आएकोमा अब भने आफ्नै आइसोलेसन केन्द्रमा राख्न शुरु गरेको हो । “भाइरसलाई नियन्त्रण गर्ने हाम्रो प्रयास जारी छ तर पनि अवस्था पहिलाको जस्तो रहेन, पहिला व्यक्ति व्यक्तिमा फाटफुट देखिने कोारेना अहिले सिङ्गो परिवारमा फैलिएको छ, समुदायमा फैलिएको छ”, नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भन्नुभयो, “अब खरिपाटीको आइसोलेसन केन्द्र र भक्तपुर अस्पतालको मात्रै भर परेर हुँदैन, त्यहाँ ठाउँ नहुने अवस्था आइसक्यो भनेर हामीले हाम्रा सङ्क्रमित नागरिकलाई राख्न आफैँले आइसोलेसन केन्द्र तयार पारेका हौँ ।”

सरकारले निर्धारण गरेको मापदण्ड पूरा गरेर तयार पारिएको आइसोलेसन सेन्टर सञ्चालनमा आउनुपूर्व गत शुक्रबार नगर प्रमुख प्रजापतिको नेतृत्वमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेपाली सेना वीरदल गण सूर्यविनायकका शिवप्रसाद पौडेल, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमलगायतको टोलीले अवलोकन गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

प्रतिकृया दिनुहोस्