राजविराज । बहिनीलाई चकलेट खान बजार पठाएर दिदीलाई ब’ला’त्का’र गरेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घरमा रहेकी पाँच वर्षीया बालिकालाई चकलेट खान पाँच रुपैयाँ दिएर बजार पठाएर एक्लो भएको मौका छोपी ११ वर्षीया बालिका ब’ला’त्का’र गरेको आरोपमा प्रहरीले सप्तकोशी नगरपालिका १ का २२ वर्षीय शंकर साहलाई प’क्रा’उ गरेको हो ।
पीडितका अनुसार घरमा कोही नभएका बेला रक्सीले मातेर आएका साहले गत शुक्रबार साँझ ब’ला’त्का’र गरेको खुलेको छ । बजारबाट चकलेट किनेर फर्किएकी पाँच वर्षीया बालिकाले आफू घर आएपछि साह हतार–हतार पेन्ट लगाएर भागेको बताइन् ।
बालिकालाई ब’ला’त्का’र गरेको उजूरी परेपछि प्रहरी चौकी फत्तेपुरले साहलाई प’क्रा’उ गरी कारवाहीकालागी इलाका प्रहरी कार्यालय कञ्चनरुपमा बुझाएको छ । पीडितको बयानका आधारमा उनकी माइजूले दिएको उजूरी दर्ता गरी कारवाही प्रकिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले जानकारी दिएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशित गरेको छ ।
प्रतिकृया दिनुहोस्