September 30, 2020 188
काठमाडौं-कुवेतका राजाको ९१ वर्षको उमेरमा निधन भएको छ । राजा सबा अल अहमद अल जाबेर अल सबा अमेरिकास्थित अस्पतालमा निधन भएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।
आधुनिक कुवेतको विदेश नीतिका जन्मदाता मानिने उनी सन् १९६३ देखि २००३ सम्म करिब ४० वर्ष कुवेतका विदेशमन्त्री भएका थिए । त्यसपछि उनी प्रधानमन्त्री भए।
सन् २००६ मा उनी कुवेतका अमिर बनेका थिए। जुलाई २०२० मा एक शल्यक्रिया गरिए लगत्तैअमेरिकी सैन्य विमानमा राखेर अमेरिका पुर्याइएका उनको अमेरिकास्थित अस्पतालमा निधन भएको हो ।
प्रतिकृया दिनुहोस्