Saturday, February 27

श्रीमानलाई मसेलियामा ब’न्ध’क बनाएर नेपालमा भएकी श्रीमतीसंग झण्डै १६ लाख रुपैया अ’सु ली

September 30, 2020 231

काठमाडौ । वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरु पनि अनेक गैरकानुनी काममा संलग्न भएर पक्राउ परेका घटना सार्वजनिक हुने गरेका छन् । हालै वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कामदारलाई ब न्ध क बनाई रकम अ सु ली गरेको अभियोगमा एक नेपाली पक्राउ परेका छन् । उनी काठमाडौवाट पक्राउ परेका हुन् । तेह्रथुम सोल्मा गाविस ८ घर भइ मोरङको सुन्दरपुर ५ बस्ने दुर्गाबहादुर श्रेष्ठलाई प्रहरीले सोही आरोपमा पक्राउ गरेको जनाएको छ ।

श्रेष्ठले मलेसियास्थित ‘टप ग्लोभ’ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गर्ने गरेका थिए । सोही क्रममा नेपालीलाई ब न्ध क बनाएर रकम अ सु लेको आरोप उनलाई लागेको हो । उनले श्रीमती धनमाया श्रेष्ठ र ड्राइभर श्याम नेपालीसंगको सहयोगमा दाङका मध्म रैदासलाई ७ दिनसम्म ब न्ध क बनाई पैसा अ सु लेको आरोप लागेको छ । उनले श्रीमानलाई ब न्ध क बनाएर श्रीमतीसंग पैसा अ सु लेको बताइएको छ । रैदासको श्रीमतीले श्रेष्ठको खातामा १५ लाख ९२ हजार रकम जम्मा गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्