Tuesday, March 2

मध्य अफ्रिकामा सफल कारबाही गरेको भन्दै नेपाली सेनालाई प्रशंसा पत्र

October 1, 2020 201

काठमाडौं- संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत मध्य अफ्रिकी गणतन्त्रमा खटिएको नेपाली सेनाले त्यहाँ सञ्चालन गरेका अपरेशन फलदायी रहेको भन्दै प्रशंसा पत्र पाएको छ।

राष्ट्रसंघको ‘बहुआयामिक एकीकृत स्थिरीकरण मिसन’अन्तर्गत खटिएको नेपाली सेनाको बटुकदल गणले गत फागुन, जेठ र भदौमा सञ्चालन गरेका विभिन्न अपरेशनमा हतियारधारी समूहविरुद्ध सशस्त्र कारबाही गरेको भन्दै नेपाली सेनालाई सम्मान पत्र प्रदान गरिएको हो।

नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार उक्त मिसनका फोर्स कमान्डरले अत्यन्त संवेदनशील क्षेत्रमा तैनाथ भइ नेपाली शान्ती सैनिकले जटील एवं चुनौतिपूर्ण परिस्थितिमा प्रदर्शन गरेको साहस उत्कृष्ट एवं अतुलनीय रहेको भनी खुलेर प्रशंसा गरेका हुन्।

प्रमुख सेनानी समुन्द्र थापाको नेतृत्वमा बटुकदल गणले ‘अपरेशनल कारबाही’को सिलसिलामा मुख्य नेतासहित ९ जना विद्रोहीहरुलाई हतियारसहित पक्राउ गरेपछि उक्त क्षेत्रमा जातिय हिंसामा नियन्त्रण आएको थियो। नेपाली सेनाको उक्त कामालई त्यहाँका स्थानीय जनता, सरकारी निकाय र मिशन हेडक्वाटरद्वारा प्रशंसा गरिएको थियो।

नेपाली शान्ति सैनिकले निर्वाह गरेको विशेष भूमिका सराहनीय रहेको भन्दै सम्मानस्वरुप मिसनका फोर्स कमाण्डरले कदर-पत्र प्रदान गरेका हुन्। army africa.jpg

 

 

प्रतिकृया दिनुहोस्