Monday, March 8

दुबईबाट झ’न्डै १ करोड चो’रेर नेपाल आ’एका युवक परे प्रह’रीको फ’न्दामा

October 1, 2020 697

काठमाडौँ – आफू काम गर्ने कम्पनीको रकम हराएको भन्दै चोरी गरेर नेपाल ल्याउने एक युवकलाई सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समीर राईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। विभागका अनुसार उनले २०१३ को ४ अप्रिलमा आफ्नो कम्पनीको रकम हिनामिना गरेका थिए । राई वल्र्ड सेक्युरिटी नामक कम्पनीमा मनी ट्रान्सपोर्टरका रूपमा काम गर्दथे । ****सुदुर समाज ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’****,

कम्पनीले ६ लाख ३९ हजार ६ सय ७९ दिराम बैंकमा जम्मा गर्न दिएकोमा सो रकम हराएको भन्दै नेपालमा पठाएका थिए। त्यसको तीन दिनपछि उनी भागेर नेपाल आएका थिए । १५ अप्रिलमा त्यसबारे दुबई प्रहरीले नेपाललाई जानकारी दिएको थियो । उनको पासपोर्ट कम्पनीमै भएकोमा कारोबारका लागि आवश्यक परेको भन्दै निकालेर नेपाल भागेका थिए ।

दुबई प्रहरीले दिएको सूचनाका आधारमा अनुसन्धान गरी ७ वर्षपछि विभागले मुद्दा दायर गरेको हो । ९८ लाख ५८ हजार ९ सय ४३ रुपैयाँ बिगो दाबी गरी विभागले राई र उनकी श्रीमती अम्बिकाविरुद्ध मुद्दा दायर गरेको हो । राईले यसअघि ९० लाख ५८ हजार धरौटी राखेकोमा त्यो रकम जफतको मागसमेत गरिएको छ ।-दृष्टिबाट

 

प्रतिकृया दिनुहोस्