Monday, March 8

८ दिनसम्म रोएर सके सम्झनाका आफन्तले आँशु, रुँदा रुदै गलेपछि १२ वर्षे सम्झनाको दाहसंस्कार, न्याय भन्ने चिज कता छ यो देशमा ?

October 2, 2020 354

बझाङ –ब ला त्का र पछि ह त्या गरिएकी मष्टा गाउँपालिका वडा नं २ खिकलाकी १२ वर्षीया सम्झना कामीको बुधबार आठ दिनपछि दा हसंस्कार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा २ का २० वर्षीय राजेन्द्र बोहोरालाई आ रो पितका रुपमा सार्वजनिक गरेपछि जिल्ला अस्पतालमा राखिएको बालिकाको श व सम्झनाका आफन्तले बुझेका हुन् ।

श व बुझ्दै उनका आफन्त गोरख कामीले दो षीलाई का र वाही हुन्छ भनेर श व बुझेको र अदालतबाट फैसला नहुँदासम्म सम्झनाको न्यायका लागि सं घर्ष गरिराख्ने बताए ।

मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा समेत बालिकाको श व ज लाउने सहमति भएको र गृह मन्त्रालयका सचिवले फोनमार्फत बालिकाका आफ्न्तलाई रु १० लाख दिने बताएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्