काठमाडौँ । भारतले महात्मा गान्धीको १५१औँ जन्म जयन्तीको अवसरमा नेपालका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थालाई स्कुल बस तथा एम्बुलेन्स प्रदान गरेको छ ।
ad
नेपालका लागि भारतीय राजदूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका ३० जिल्लाका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ एम्बुलेन्स र ६ स्कुल बस प्रदान गरेको हो ।
भारतले सन् १९९४ देखि हालसम्म लगभग ८२३ एम्बुलेन्स र १६० स्कूल बस वितरण गरी सकेको छ ।
एडभान्स लाइफ सर्पोर्ट अन्तर्गतका एम्बुलेन्समा ट्राभलिङ्ग भन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, एम्बु ब्याग, ट्युब तथा काथेटर, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोर जी मोबाइल डिभाइस पनि रहेको छ । बेसिक लाइफ सर्पोर्ट एम्बुलेन्समा भन्टिलेटरबाहेक अन्य सबै सुविधा रहेको दुताबासले जनाएको छ ।
प्रतिकृया दिनुहोस्