Thursday, February 25

बाजुरामा एकै घरका ५ जना खोलामा बेप’त्ता

October 3, 2020 184

१६ असोज, काठमाडौं । बाजुरामा एकै घरका ५ जना खोलामा बगेर बेप’त्ता भएका छन् ।हिमाली गाउँपालिका–५ कवाडी गाउँकी ३० वर्षकी सत्ता नेपाली ४ छोराछोरीसहित स्थानीय कवाडी खोलामा बगेर बेप’त्ता भएको जानकारी आएको जिल्ला प्र’हरी कार्यालय बाजुराका प्रवक्ता प्र’हरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।

उनीसँगै ५, ४ र १ वर्षकी छोरी र २ वर्षका छोरा बेप’त्ता भएको उनले जानकारी दिए ।घटनास्थलबाट नजिक पर्ने प्र’हरी चौकी बिछियामा उनीहरु नुहाउने क्रममा दिउँसो पौने ३ बजे बगेर बेप’त्ता भएको जानकारी आएको प्र’हरी निरीक्षक ठगुन्नाले बताए । अहिले उनी हरुको खोजीका लागि प्र’हरी टोली घ’टना स्थलमा गएको छ ।

प्रहरी चौकी बिछिया बाट असई कर्ण बुढा र इलाका प्र’हरी कार्यालय बुढीगंगा बाट सई नरेश शाहीको टोली घ’टनास्थलमा गएको छ । घटनास्थलमा पुगेको प्र’हरी टोलीका अनुसार ती महिला घरबाट रिसाएर निस्केकी थिइन् ।

प्रतिकृया दिनुहोस्