Sunday, February 28

लमजुङमा बुहारीको ज्यान लिएको अभियोगमा सासु पक्राउ

October 3, 2020 247

लमजुङ । बुहारी ज्यान लिएको अभियोगमा सासु पक्राउ परेकी छिन् । लमजुङको मध्यनेपाल नगरपालिका– ५ पराजुलीबेसीमा १० दिन अघि मृत अवस्थामा फेला परेकी २३ बर्षीया एलिना मगरको ज्यान लिएको आरोपमा प्रहरीले उनैकी सासु मनश्री मगरलाई पक्राउ गरेको हो ।

घटना विवरण अनुसार बिहान करिब साढे आठ बजेको समयमा एलिना सलको पा’सो लगाएर ‘झु’ण्डि’एको अवस्थामा घरको मथिल्लो तलामा भेटिएकी थिइन् । एलिना ‘झु ण्डि’ए’को सासु मनश्रीले देखेकी थिइन्।

घटना आठ बजेको भएपनि प्रहरीलाई ११ बजेतिर मात्र खबर भएकाले आशंका बढाएको एलिनाका बुवा रामबहादुर थापाले बताए । करिब तीन किमीको दुरीमा रहेको इलाका प्रहरी कार्यालय भोर्लेटारमा खबर नगरी जिल्ला प्रहरी कार्यालय लमजुङमा खबर गरिएकाले पनि सासुको नियतमाथी शंका बढेको रामबहादुरको भनाई छ।

प्रहरी कार्यलय भोर्लेटारका प्रमुख सई दिपक रानाका अनुसार सासुले छिमेकीलाई खबर गरेपछि मृतक मगरका साइला ससुरा बहादुर थापा मगरले प्रहरीलाई खबर गरेका थिएखबर पाउने बित्तिकै ईलाका प्रहरी कार्यलय भोर्लेटारबाट टोली घटना स्थल पुगेको सई दिपक रानाको भनाई छ । शवलाई पोष्टमार्टमका लागि क्षेत्रीय अस्पताल पोखरा पठाइएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै भन्न सकिने रानाको भनाई छ । राजधानि दैनिकमा खबर छ।

कास्कीको रुपा गाउँपालिका– ९ को मौरीबेसी गाउँमा माइती भएकी एलिनाको आठ वर्ष अघि विवाह भएको उनका बुबा रामबहादुर थापाले बताए । उनका अनुसार घर र माइतीको दुरी आधा घण्टाको छ।एलिनाको ससुरा वैदेशिक रोजगारीमा छन् । घरमा सासु बुहारी मात्रै बस्दै आएका थिए । एलिनाको सासुका विरुद्धमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइएको रामबहादुर थापाले एलिनाको नियोजित ज्यान लिएको भएको दावी गरे।

घटनामा सासुको बयान पटक पटक बदलिएकाले पनि ज्यान लिएको हुन सक्ने भन्दै घटनाको सत्य तथ्य छानविनको माग माईती पक्षले गरेका छन् । बयानको क्रममा सासुले एलिना ‘झु’ण्डिएपछि कहिले सल एक्लै ‘का’टे’को त कहिले देवर९साइला०को सहयोगमा ‘का’टेको हुँ भन्दै आएकी छिन् । बुहारीलाई चारित्रिक लाञ्छना समेत लगाकाले पनि ज्यान लिएको आशंका गरिएको छ।

जिल्ला प्रहरी कार्यलय लमजुङमा मनश्रीका विरुद्ध देहत्याग दुरुत्साहान मुद्दा जाहेरी परेको प्रहरीले जनाएको छ । मनश्रीलाई पक्राउ गरी जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए । सासुसँग प्रायः झगडा हुने गरकोले मानसिक तनावका कारण एलिनाले देहत्याग गरेको हुन सक्ने मृतकका छिमेकीले आशंका व्यक्त गरेका छन् । मृतकका एक छ बर्षीय छोरी छिन् भने श्रीमान भारतमा रोजगारीमा छन् ।

 

प्रतिकृया दिनुहोस्