Thursday, March 4

‘उपत्यकामा कोरोना संक्रमण बढेको छ, काठमाडौं नआउनू’

October 3, 2020 195

काठमाडौं : उपत्यकामा कोरोना संक्रमण दर तीव्र दरमा बढिरहेकाले जिल्लाबाहिरकालाई नआउन सरकारले अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यका आउनै परे जनस्वास्थ्य मापदण्ड पालना गरेर आउन आग्रह गरेका छन्। नेपालमा संक्रमित संख्या बढिरहेको अवस्थामा परीक्षणको दायरा पनि बढाइएको उनले जानकारी दिए। दिनप्रतिदिन बढिरहेको कोरोना संक्रमितलाई व्यवस्थापन गरिएको उनले प्रस्ट पारे। ‘असोज महिना लागेपछि दैनिक मृत्यु संख्या ८ पुगेको छ,’ गौतमले भने, ‘जनस्वास्थ्यको मापदण्ड पालना गरेका सबैलाई धन्यवाद छ। जनस्वास्थ्य मापदण्ड पालना नगर्नेलाई पालना गर्नलाई अनुरोध गर्दछु।’ जतिसुकै विकसित र धनी राष्ट्र भए पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्नैपर्ने उनको ठहर छ।

प्रतिकृया दिनुहोस्